बन्द भयो अलेक्सा वेबसाइट र्‍यांकिङ सिस्टम, अब कसरी हेर्ने वेबसाइटको र्‍यांकिङ ? – Nepal Press

बन्द भयो अलेक्सा वेबसाइट र्‍यांकिङ सिस्टम, अब कसरी हेर्ने वेबसाइटको र्‍यांकिङ ?

काठमाडौं । विश्व प्रख्यात ई-कमर्स कम्पनी अमेजनद्वारा सञ्चालित वेबसाइटहरूको र्यान्किङ मापन गर्ने एलेक्सा सिस्टम सदाको लागि बन्द भएको छ ।

अमेजनले मे १ देखी लागु हुने गरी उक्त सिस्टम बन्द भएको जानकारी गराएको हो ।

अमेजनले यस अघि नै उक्त सिस्टम बन्द हुने घोषणा गरिसकेको थियो भने गत गत डिसेम्बरदेखि नै एलेक्साले नयाँ सब्सक्रिप्सन पनि रोकेको थियो ।

एलेक्साको उक्त सिस्टम मार्फत वेबसाइटका कुल भिजिटरका आधारमा वेबसाइटको श्रेणी तोकिने वा र्‍यांकिङ गर्ने गर्थ्यो भने नेपालमा पनि वेबसाइटहरूको र्यान्किङ मापनका लागि उक्त सिस्टमको व्यापक प्रयोग हुँदै आएको थियो ।

एलेक्सा र्‍यांकिङ सिस्टम वेबसाइटहरूको श्रेणी मापनका लागि लोकप्रिय माध्यमको रूपमा स्थापित भएको सिस्टम भएता पनि सोही किसिमको सेवा प्रदान गर्ने सीमीलर वेब डटकम, रैंक रेन्जर डटकम लगायतका सिस्टमहरू हाल पनि सञ्चालनमा रहेका छन् जस मार्फत वेबसाइटहरूको र्‍यांकिङहरु मापन गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर