जनकपुरधाममा दलित महिला सदस्यमा कांग्रेसकी रिपुकुमारी निर्विरोध – Nepal Press

जनकपुरधाममा दलित महिला सदस्यमा कांग्रेसकी रिपुकुमारी निर्विरोध

जनकपुरधाम । स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छन् ।

जनकपुरधाम वडा नम्बर ५ मा उनले नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् । उक्त पदमा अन्य कसैले उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम उनी निर्विरोध निर्वाचित भए पनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर