होटलमा सेमिनार र गोष्ठी, श्रममै व्यस्त श्रमिक (तस्बिरहरु) – Nepal Press
श्रमिक दिवस

होटलमा सेमिनार र गोष्ठी, श्रममै व्यस्त श्रमिक (तस्बिरहरु)

काठमाडौं । आज १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिक दिवसका अवसरमा विभिन्न होटलमा अनेकखाले कार्यक्रम राखिएको छ, जहाँ नेताहरुले श्रमिकको प्रशंसा गर्नेछन् । तर श्रमिकहरु कार्यस्थलमा काममै व्यस्त छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर