अर्को हप्तापछि इन्टरनेट बन्द हुने आइस्पानको चेतावनी – Nepal Press

अर्को हप्तापछि इन्टरनेट बन्द हुने आइस्पानको चेतावनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अर्को साताबाट देशभरी इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेकाले सेवा अवरुद्ध हुने चेतावनी संघले दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ती कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आएको आईस्पानको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, मन्त्रालयले बेरुजुकै विषयलाई लिएर अनेकन बहानामा विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको छ ।

सोही बेरुजु रकम दाखिला गर्न नेपाल दूरसञ्चार प्राधिकरणले वल्र्डलिंक कम्युनिकेसन्सको नाममा दिएको आदेशपत्रको विरुद्धमा सर्वोच्च अदालतबाट २०७७/३/१२ मा उक्त बेरुजु रकम नउठाउन अन्तरिम आदेश पनि जारी भएको व्यहोरा आईस्पानले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर