ओली नेतृत्वमा भएको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो: कांग्रेस नेता पौडेल – Nepal Press

ओली नेतृत्वमा भएको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो: कांग्रेस नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।

तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताए । उनले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबि गरे ।

उनले सत्तारुढ दलहरुका बीचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै पौडेलले केपी ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको बताए । पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने,चुनावमा जाँदा जनतामा कन्फ्युवन हुने कुारा बोल्न हुदैन् । विकास र रजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ । गाँउको विकास र लोकतन्त्र जोगाउछौ । लोकतन्त्र संविधान जोगाउन गठबन्धन षरेको हो । राजनीति स्यायी गरेर विकासको बाटो डोहोर्‍याउन गठबन्धन गरिएको हो ।’

उनले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाँउमा आम्दानी गाऊमै रोजगारीको अभियान थाल्न लागेको बताए । पौडेलले कांग्रेसले कम्युनिष्टहरुले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताए ।


प्रतिक्रिया

One thought on “ओली नेतृत्वमा भएको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो: कांग्रेस नेता पौडेल

  1. गठबन्धन दलालहरूकाे झुण्ड हाे । विदेशीकाे दलाली गर्ने र लुटने भन्दा अरू काम छैन । यी वाजे त झन फेल भैसकेका ब्रेक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर