गभर्नर महाप्रसादको रिट आज पनि हेर्दा हेर्दैमा, भोलिलाई पेसी तोकियो – Nepal Press

गभर्नर महाप्रसादको रिट आज पनि हेर्दा हेर्दैमा, भोलिलाई पेसी तोकियो

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई हटाउने उद्देश्यले गरिएको निलम्बनको कारवाही र जाँचबुझ आयोग गठन बदर गर्न माग गर्दै परेको रिटमाथिको सुनुवाइ आज पनि हेर्दा हेर्दैमा रहेको छ ।

न्यायाधीश सपना प्रधान मल्ला र टंकवहादुर मोक्तानको इजलासले आज सुनुवाइ नसकिएकाले हेर्दा हेर्दैमा राखी भोलिलाई पेसी तोकेको छ । बुधवार पनि सोही इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो ।

अधिकारीले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेकोमा यसअघि अल्पकालीन अन्तरिम आदेशमार्फत उनी पुनर्वहाली भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर