शेरबहादुर तामाङको व्यंग्य: ओलीलाई ट्यूसन पढाउने बबुरोलाई के ज्याला दिने होला ? – Nepal Press

शेरबहादुर तामाङको व्यंग्य: ओलीलाई ट्यूसन पढाउने बबुरोलाई के ज्याला दिने होला ?

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ट्यूसन पढाउने भनेकोप्रति व्यंग्य गर्दै एमालेका नेता शेरबहादुर तामाङले ‘टयूसन पढाउने भने ज्याला पनि तोकिदिनू’ भनेका छन् । एक जना बबुरो बर्बराउँछ र भन्छ, केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु’, तामाङले भनेका छन्, ‘साँच्चै ट्यूसन पढाउन आयो भने ज्याला (ट्युसन फी) त दिनु नै पर्ला । ज्याला चाहिँ के दिने होला ? लौ न बताइदिनु होला, कमसेकम हामीलाई सजिलो हुनेछ ।’

एमाले अध्यक्ष ओलीले केही दिनअघि कांग्रेसको घोषणापत्रलाई एमालेबाट चिट चोरेर बनाएको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै कांग्रेस महान्त्री थापाले ‘ओलीलाई बालकोट गएर ट्यूसन पढाउने’ बताएका थिए । त्यसको कटाक्ष गर्दै एमाले नेता तामाङले यस्तो व्यंग्य गरेका हुन् ।


प्रतिक्रिया

2 thoughts on “शेरबहादुर तामाङको व्यंग्य: ओलीलाई ट्यूसन पढाउने बबुरोलाई के ज्याला दिने होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर