सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय – Nepal Press

सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जेठ १ गतेबाट लागू हुनेगरी सरकारले सो निर्णय गरेको हो ।

हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ ।

बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।

नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया

2 thoughts on “सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

  1. पेट्रोलियम पदार्थ को मूल्य बढेको त छ !र बिदेशी मुद्रा सन्चालनमा दबाब पनी बढ्दै गएको छ र हप्तामा दुई दिन बिदाको कारण पनी हो यो , तर हप्तामा दुई दिन बिदा गर्यो भने यो समस्या कम हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर