जापान बस्दै आएका धादिङका कृष्ण ६ दिनदेखि बेपत्ता – Nepal Press

जापान बस्दै आएका धादिङका कृष्ण ६ दिनदेखि बेपत्ता

जापान । जापानको राजधानी टोकियो नजिक चिवामा बस्दै आएका ३३ बर्षीय युवक केहीदिनदेखि सम्पर्कविहीन भएका छन्।

गत शुक्रबार काममा जाने भन्दै निस्केका कृष्णकुमार खड्का सोहीदिनदेखि सम्पर्कविहीन भएको उनकी श्रीमती कविता बस्नेतले जानकारी दिइन् । धादिङ घर भएका खड्का केही वर्षदेखि श्रीमतीका साथ जापान बस्दै आएका थिए।

‘सधैँजस्तो काममा जाने भन्दै घरबाट बिहान निस्कनु भएको थियो’ बस्नेतले भनिन्, ‘राति अबेससम्म पनि सम्पर्कमा नआएपछि खोजी कार्य सुरु भएको हो, अहिलेसम्म केही पत्ता लागेको छैन।’

उनी शुक्रबार कम्पनीमा समेत नपुगेको बस्नेतले बताएकी छन्।उनका अनुसार खोजीका लागि जापान प्रहरी र टोकियोस्थित नेपाली दुतावासमा समेत निबेदन दिइएको छ।

एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मीले प्रहरीबाट समेत कुनै जानकारी नआएकाले एनआरएनए केन्द्रसँग संयोजन गरी वकीलमार्फत प्रहरीलाई निबेदन दिने गरी छलफल भइरहेको बताए।

यस्तै टोकियोस्थित नेपालीदुतावासले सम्पर्कविहीन खड्काको खोजी कार्यका लागि विभिन्न निकायसँग सहकार्य भइरहको बताएको छ। ‘हामीले प्रहरीलाई पनि प्रत्यक्ष टेलिफोन गरेर घटनाबारे जानकारी लिने प्रयास गरिरहेकाछौं’कार्यबहाक राजदुत अम्बिका जोसीले भने,‘बेलुकासम्म केही जानकारी नआएको खण्डमा अरु संयन्त्रमार्फत खोजिकार्य गर्नेछौ।’

सम्पर्कविहीन खड्काको खोजीका लागि जापानको विदेशमन्त्रालय र कानूनमन्त्रालय अन्तर्गतको अध्यागमन बिभागलाई पत्राचार गर्ने बिषयमा समेत विभिन्न पक्षसँग छलफल भइरहेको उनको भनाइ छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर