कोका–कोला नेपालले वाइएसएफ २०२२ आयोजना गर्दै – Nepal Press

कोका–कोला नेपालले वाइएसएफ २०२२ आयोजना गर्दै

काठमाडौं । कोका–कोला नेपालले वाइएसएफ २०२२ आयोजना गर्ने भएको छ । पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्दैछ ।

कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो । एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस वर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरुको चासोलाई सम्बोधन गर्नु रहेको छ । कोका–कोला नेपालले विगत ५ वर्षदेखि युवा सशक्तिकरण र दिगो भविष्यको उद्देश्य सहित आइसेकसँग साझेदारी गर्दै आएको छ ।

वाइएसएफ इंगेज विथ आइसेक अन्तर्गतको एउटा कार्यक्रम हो जसको मुख्य उद्धेश्य युवा सशक्तिकरण रहेको छ । यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्धाहरुको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ ।

सशक्तिकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने छ । कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निस्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यस मार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिन्छ ।

यस वर्षको युथ स्पिक फोरमको विषय ‘स्वच्छ भोलिको लागि दिगो फोहोर व्यवस्थापन’ रहेको छ । वाइएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइ भन्ने नारा रहेको छ । साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवम् दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्द्रित हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर