अब टुइटरको पूरै स्वामित्व एलन मस्कको – Nepal Press

अब टुइटरको पूरै स्वामित्व एलन मस्कको

काठमाडौं । विश्व धनाड्य एलन मस्कले टुइटरको पूरै स्वामित्व खरिद गरेका छ्न् । अघिल्लो महिना टुइटरको ९.२ प्रतिशत सेयर हासिल गरेका मस्कले टुइटरको पूरै स्वामित्व लिने इच्छा व्यक्त गर्दै ४४ अर्ब डलर अफर गरेका थिए ।

टुइटर बोर्डले मस्कको सोही अफरलाई स्वीकार गरेको हो । जसअनुसार टुइटरको प्रतिसेयर मूल्य ५४.२ अमेरिकी डलर हुन आउँछ ।

टुइटरले वाक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको सही वकालत गर्नसक्ने प्रचुर सम्भावना बोकेको तर वर्तमान समयमा जुन ढंगबाट टुइटर संचालन भइरहेको छ, त्यसरी हुन नसक्ने भन्दै मस्कले पूरै स्वामित्व लिन चाहेको बताउँदै आएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर