सामाजिक सञ्जालमा कसैको पक्ष-विपक्षमा नउभिन पत्रकारलाई महासंघको आग्रह – Nepal Press

सामाजिक सञ्जालमा कसैको पक्ष-विपक्षमा नउभिन पत्रकारलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले आसन्न स्थानीय निर्वाचनमा सामाजिक सञ्जालमा कसैको पक्ष-विपक्षमा नउभिन पत्रकारलाई महासंघको आग्रह गरेको छ  ।

महासंघको एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा सामाजिक सञ्जालमा कसैको पक्ष-विपक्षमा नउभिन पत्रकारलाई आग्रह गरेकाे हाे ।

विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ । यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर