पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो, सुरेन्द्रको स्थानमा कोपिला – Nepal Press

पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो, सुरेन्द्रको स्थानमा कोपिला

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलको असन्तुष्टिपछि नेपाली कांग्रेसले पोखरा महानगरपालिकामा उपमेयरको उम्मेदवार परिवर्तन गरेको छ ।

पोखराको उपमेयरमा पहिले सुरेन्द्र बिजुक्छेको उम्मेदवारी टुंगो लागे पनि अन्तिममा हेरफेर भएको छ । अब पौडेलनिकट कोपिला रानाभाट पोखराको उपमेयरमा कांग्रेसबाट हुनेछिन् ।

कांग्रेसनिकट स्रोतका अनुसार महानगरको टिकट वितरणमा पौडेलले असन्तुष्टि जनाएपछि उम्मेदवार फेरिएको हो । रानाभाट कांग्रेसको गण्डकी प्रदेशकी कोषाध्यक्ष हुन् ।

यसअघि उपमेयरका लागि कन्फर्म गरिएका बिजुक्छे संस्थापन पक्षका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर