पोखराको मेयरमा गठबन्धन उम्मेदवारविरुद्ध कांग्रेस नेताले दिए बागी उम्मेदवारी – Nepal Press

पोखराको मेयरमा गठबन्धन उम्मेदवारविरुद्ध कांग्रेस नेताले दिए बागी उम्मेदवारी

पोखरा । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि नेपाली कांग्रेसका एक जना नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

उनी २०५४ देखि २०६४सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति थिए ।

पार्टीले कार्यकर्ता र जनतालाई रुखबाहेक अन्य चिन्हमा भोट दिन बाध्य पारेकाले आफूले कांग्रेसको मत सुरक्षित गर्न स्वतन्त्र उम्मेदवारी दिएको सापकोटाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर