लम्की चुहाको मेयरमा कांग्रेसकाे एउटै गुटबाट दुईजनालाई टिकट, आधिकारिकतामा विवाद – Nepal Press

लम्की चुहाको मेयरमा कांग्रेसकाे एउटै गुटबाट दुईजनालाई टिकट, आधिकारिकतामा विवाद

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको पाइएको छ।

केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले बक्त थापालाई टिकट दिएको पाइएको हो ।

उनीहरु दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको बताएका छन् । गठबन्धनको बैठकअनुसार लम्की चुहा नगरपालिका नेपाली कांग्रेसको भागमा परेको थियो । उम्मेदवारी दर्ता गर्ने दिन दुवैजनाले आफूलाई आधिकारिक उम्मेदवार भनेपछि समस्या भएको छ ।

नगर सभापति इन्द्र कुँवरले टिकट दिने अधिकार भएको व्यक्तिबाट पाएको टिकटलाई आधिकारिक मानिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर