गठबन्धनबाट कांग्रेस उम्मेदवार- ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला – Nepal Press

गठबन्धनबाट कांग्रेस उम्मेदवार- ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । २०७४ सालको निर्वाचनमा करिब दुई सय मतान्तरले जितेका मेयर महर्जन यसपटक पनि दोहोरिन लागेका हुन् ।

सभापति शेरबहादुर देउवाले महर्जनलाई उम्मेदवारीको तयारी गर्न भनिसकेको बताइएको छ । प्रेमकृष्ण महर्जन र भरतलाल न्याछ्यो पनि उम्मेदवारीको दाबेदार थिए ।

त्यस्तै कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा शेखर कोइरालानिकट नागेश कोइरालाले टिकट पाएका छन् । विराटनगरको मेयरमा वर्तमान मेयर भीम पराजुलीदेखि सांसद डिला संग्रौला, अमृत अर्याललगायतका केन्द्रीय नेताहरूको पनि दाबी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर