आज मनोनयको अन्तिम दिन, तर अझै दलहरुले टुंग्याउन सकेनन् उम्मेदवार – Nepal Press
स्थानीय चुनाव

आज मनोनयको अन्तिम दिन, तर अझै दलहरुले टुंग्याउन सकेनन् उम्मेदवार

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो । तर ठूला राजनीतिक दलहरुले अझैसम्म उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार हिजो र आज उम्मेदवार मनोनयनको कार्यसूची छ । हिजो नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरुले उम्मेदवारी दर्ता गराए । तर सत्तागठबन्धन र एमालेमा उम्मेदवारबारे अझै लफडा छ ।

एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाए पनि गठबन्धनमा आबद्ध दलबीच अझै भागबण्डामा कुरा मिलेको छैन । भागबण्डा मिलाउन पाँच दलीय गठबन्धनका अध्यक्षबीच आज ८ बजे बैठक बसेर अधिकतम सहमतिको प्रयास गर्ने सहमति भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका आज १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।

१३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए ।

१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोकेबमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर