विना मगरको जिल्ला कञ्चनपुरमा गठबन्धनबाट कांग्रेस आउट, नेकपा एस र माओवादीको बेग्लै सहमति – Nepal Press

विना मगरको जिल्ला कञ्चनपुरमा गठबन्धनबाट कांग्रेस आउट, नेकपा एस र माओवादीको बेग्लै सहमति

कैलाली । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धनको सहमति भए पनि माओवादी नेतृ विना मगरको जिल्ला कञ्चनपुरमा भने दुई दलीय गठबन्धन हुने भएको छ । कञ्चनपुरमा नेपाली कांग्रेसलाई बाहिर राखेर एकीकृत समाजवादी र माओवादी केन्द्रले मात्रै गठबन्धन गर्ने सहमति गरेका हुन् ।

९ स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो । उनीहरूले वडासम्मै तालमेल गर्ने गरी सहमति गरेका छन् ।

हेर्नुहोस् नेकपा एस र माओवादीको सहमति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर