महानगरका मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै एमालेको आपत्ति – Nepal Press

महानगरका मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै एमालेको आपत्ति

काठमाडाैं । प्रमुखी विपक्षी दल नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेकाबाहेक पदमा चुनाव चिन्ह हटाउने भनी आएको समाचारप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले आइतबार निर्वाचन आयोगलाई पत्र लेखेर अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको मतपत्र गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आसयबाट प्रेरित रहेको भन्दै आयोगलाई यसबारे प्रस्ट पार्न आग्रह गरेका छन् ।

एमालेले भनेको छ, ‘निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं ।’

एमालेले निर्वाचन आयोगलाई कसैको दबाब र प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो, सोहीबमोजिम नै मिलाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर