सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता – Nepal Press

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमाप्रवेश गरेको छ । २०६४ बैशाख७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक बैशाख ७ गतेदेखि १६ वर्षमा प्रवेश गरेको हो ।

बैंकले १५ औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रमआयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जिवनदान’भन्ने नारालाई सार्थक बनाउदै  नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा सातवटै प्रदेशकाकूल २३ स्थानबाट करिब ४००जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवाप्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जनाकर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मानपदक’वितरण गरिएको छ ।

गा्हकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर कामगर्ने क्रममा नेपालका विभिन्न सेवाप्रदायकहरुसँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

यस १५वर्षको अवधिपार गरिसक्दा बैंकले करिव १३ लाख ५५हजार गा्रहकलाई वितिय सेवाप्रदान गरेको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक बर्षको तेसो्र त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव १ खर्व ४६अर्व६१ करोड रुपैयाँ रहेकोमाकर्जा तर्फ १ खर्व ३६अर्व ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमाकरिव १अर्व ५८ करोड ९६लाखखुदमुनाफा गरेको बैंकले जनाएको छ ।

१५औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले भने,‘हामीले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएका छौं र त्यसलाई निरन्तरतादिनेछौं भन्ने कुरा स्वीकार गर्न पाउँदामलाई असाध्यै खुशीलागेको छ। म ढुक्क हुन सक्छु कि हाम्रो व्यवस्थापनप्रक्रिया, संरचना र नीतिले हामा्र मुल्यमान्यताहरुलार्इृ पछ्याउनअनुमति दिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर