एमालेले बाँकेमा पनि टुंग्यायो उम्मेदवार, यी हुन् आठै तहका प्रतिस्पर्धी – Nepal Press

एमालेले बाँकेमा पनि टुंग्यायो उम्मेदवार, यी हुन् आठै तहका प्रतिस्पर्धी

रुपन्देही । नेकपा एमालेले बाँकेका आठवटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । जिल्ला तथा प्रदेशबाट सर्वसम्मत हुन नसकेको तीन स्थानीय तहमा नेकपा एमाले केन्द्रीय समितिमार्फत उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

यसअघि सर्वसम्मत छनोट हुन नसकेका बाँके कोहलपुरको मेयरमा उम्मेदवार खिलप्रसाद भुसाल‚ उपमेयरमा अस्मिता थारु चयन भएका छन् भने बैजनाथ गाउँपालिकामा अध्यक्ष घननाथ खनाल‚ उपाध्यक्ष प्रेमपूर्ण योगी छनोट भएका छन् । त्यस्तै एमालेले राप्तीसोनारी गाउँपालिकामा अध्यक्षमा रामदास थारु र उपाध्यक्षमा चमेली वाकवलको उम्मेदवारी तय गरेको हो ।

यसअघि एमाले बाँकेले अन्य पाँच स्थानीय तहमा सर्वसम्मत उम्मेदवारीको नामावली प्रकाशित गरिसकेको छ । सर्वसम्मतमा नरैनापुर गाउँपालिकाको अध्यक्षमा पदमावति यादव, उपाध्यक्षमा रामकमार दिक्षितस डुडुवा गाउँपालिका अध्यक्षमा सरोजकुमारी यादव, उपाध्यक्षमा सकिल खास नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्रा, उपमेयरमा शान्ति ढकालको उम्मेदवारी तय गरेको सार्वजनिक गरिसकेको थियो ।

यसैगरी जानकी गाउँपालिका अध्यक्षमा हेमन्सु यादव, उपाध्यक्षमा भूमिसरा धिताललाई चयन गरेको छ भने खजुरा गाउँपालिका अध्यक्षमा सुमन मल्ल र उपाध्यक्षमा नजिरा बेगमको नाम टुंग्याएको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य सूर्य ढकालले सर्वसम्मत हुन नसकेका उम्मेदवारहरूको सवालमा प्रदेश कमिटीहुँदै केन्द्रीय कमिटीले अन्तिम निर्णय गरेको जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर