हुम्लामा गठबन्धनले टुंग्यायो भागबण्डा: माओवादीको भागमा चार, कांग्रेसलाई तीन तह प्रमुख – Nepal Press

हुम्लामा गठबन्धनले टुंग्यायो भागबण्डा: माओवादीको भागमा चार, कांग्रेसलाई तीन तह प्रमुख

नेकपा एसले तीन तहको उपप्रमुखमा चित्त बुझायो

काठमाडौं । सत्ता गठबन्धनले आसन्‍न स्थानीय तहको निर्वाचनका लागि हुम्लाका पालिकामा सिट भागवण्डा गरेको छ । सहमतिअनुसार माओवादी केन्द्रले चार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले तीन गाउँपालिका अध्यक्षको उम्मेदवार पाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीले भने तीन गाउँपालिकामा उपाध्यक्षको भाग पाएको छ ।

ताजाकोट, चंखेली, सिमकोट र नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ । अदानुचली, खार्पुनाथ र सर्केगाड कांग्रेसले अध्यक्षको भाग पाएको छ । ताजाकोट,चंखेली र खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा भने समाजवादीले उपाध्यक्ष लिने भएको छ ।

अदानचुली गाउँपालिकामा कांग्रेसका मोहनविक्रम सिंह अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रबाट हरिदल पुन तथा चंखेली गाउँपालिकामा माओवादी केन्द्रका गोविन्दबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा समाजवादीका प्रेमकला शाही उम्मेदवार बन्‍ने देखिएको छ।

खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्ण रावल अध्यक्ष र समाजवादीबाट शतिसिहं ऐडी उपाध्यक्षको चुनाव लड्ने भएका छन् ।

सिमकोट गाउँपालिकामा विजय भण्डारीलाई उम्मेदवार बनाउन खोजिए पनि माओवादी कार्यकताको विरोध गरेका छन् । कांग्रेसले उपाध्यक्ष टुंगाएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर