पीएसजीलाई १०औं पटक फ्रेन्च लिग वानको उपाधि – Nepal Press

पीएसजीलाई १०औं पटक फ्रेन्च लिग वानको उपाधि

काठमाडौं । चार खेलअगावै पेरिस सेन्ट जर्मन(पीएसजी)ले लेन्ससँग १–१ गोलको बराबरी खेल्दै १०औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

पीएसजीको यो १०औं लिग उपाधि हो ।

शनिबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा लियोनल मेस्सीले ६८औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हफ गोलरहित बराबरीमा सकिएको खेलमा लेन्स ५७औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो ।

लेन्सका कोरेन्टिन जिनले ८८औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

बराबरी भएको खेलमा उपाधिका लागि पीएसजीलाई एक अंक पर्याप्त रह्यो ।

पीएसजीले ३४ खेलबाट ७८ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मार्सेको ६२ अंक छ ।

लेन्स ५४ अंकसहित तालिकाको सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *