गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ) – Nepal Press

गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताएका छन् ।

नेकपा स्थापना दिवसको अवसरमा शनिवार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको बताए ।

अध्यक्ष नेपालले भने–तल जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था छैन । देशैभर हाम्रो पार्टीको संजाल छ,न्युनतम कम्तिमा पनि एउटा पालिका हामीले पाउनुपर्छ भन्ने हो । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ । तर यहाँ गडबड गर्न खोजिएको छ ।

अध्यक्ष नेपालले कांग्रेसमा एकथरी शक्ति गठबन्धन नहोस् भनेर लागेको बताए । उनले दुई दिन उम्मेदवारी मनोनयनको व्यवस्थाप्रति पनि शंका जनाउँदै तिकडम गर्न खोजिएको बताए ।

११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने भनेर तिकडम गर्न खोजेको हुनसक्ने भन्दै केपी ओलीका तिकडमलाई आफूले पछार्ने नेपालले बताए ।

 


प्रतिक्रिया

One thought on “गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ)

  1. आफू पछारियर काँग्रेसकाे टाङ्ममुनि छिरेकाे पत्तै छैन अरूलाई भन्छ । २ दिन किन राखेकाे भनेर ओलिले भन्दा विराेध गर्ने अहिले आफैं २ दिनकाे शंका गर्ने । जनताले लात हान्दा पनि प्रधानमन्त्री खानुपर्ने, अध्यक्षमा हारेपछि सहनै नसक्ने, द्वितीय भएपनि अध्यक्ष खानुपर्ने चरम पदलाेलुपले ठूला कुरा गर्ने ? नियुक्ती दिलाउँदा आफ्ना बाहेक अरूलाई हेर्दै नहेर्ने, न भिजन छ, न देश बनाउने याेजना अठाेट छ , खालि ओलिकाे विराेध गर्न मात्र राजनीतिलाई पेशा बनाएका यस्ता विदेशी दलाललाई चुनावमा धूलाे चटाउनुपर्छ जनता हाे । म त लागिसकें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर