गाउँपालिका अध्यक्ष लड्न ओखलढुंगा भूमि आयोगका अध्यक्षले दिए राजीनामा – Nepal Press

गाउँपालिका अध्यक्ष लड्न ओखलढुंगा भूमि आयोगका अध्यक्षले दिए राजीनामा

ओखलढुंगा । भूमि आयोग जिल्ला समिति ओखलढुंगाका अध्यक्ष अशोक कार्कीले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा लिखु गाउँपालिका अध्यक्षमा चुनाव लड्ने भएपछि उनले भूमि आयोगकाे जिल्ला समिति अध्यक्षबाट राजिनामा दिएका हुन् ।

नेपाली कांग्रेसका पुराना नेता कार्की केही समय अघि भूमि आयोगको अध्यक्ष नियुक्त भएका थिए । आयोगको अध्यक्ष नियुक्त भए लगत्तै उनले आयोगको काममा आफु जागिर खाएर बस्दा पार्टी संगठन निर्माण र चुनाव परिचालन कमजोर हुने र आफूले पदबाट राजिनामा दिने बताउँदै आएका थिए ।

आफू स्थानीय निर्वाचनको दावेदार रहेको र स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेल भए संघ र प्रादेशिक निर्वाचनकोसमेत तयारी गर्ने गरी भूमि आयोगबाट राजिनामा दिएको उनले बताए । कार्कीले विहिबार आयोगको कार्यालयमा पुगेर राजिनामा बुझाएका छन् ।

आयोगको अध्यक्षमा नियुक्त कार्की यस वर्ष चुनावको तयारीमा थिएनन् । तर बुधबार जिल्लामा माओवादी केन्द्र र कांग्रेसको चुनावी तालमेल भएपछि पालिका अध्यक्ष जित्ने सम्भावना बढेको भन्दै राजीनामा दिएका हुन् ।

यद्यपी लिखु गाउँपालिकामा माओवादीले पनि दावी छाडेको छैन । कार्की २०७४ को स्थानीय निर्वाचनमा लिखु गाउँपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । नेकपा एमालेका गोविन्दबहादुर पौडेलसँग झिनो मतले उनी पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर