पोखरा महानगर-मन्त्रीका जेठाजु बुहारीले दिए कांग्रेसबाट मेयर र उपमेयरमा आबेदन – Nepal Press

पोखरा महानगर-मन्त्रीका जेठाजु बुहारीले दिए कांग्रेसबाट मेयर र उपमेयरमा आबेदन

पोखरा । पोखरा महानगरपालिकाको मेयर नेकपा एसले पाउने चर्चा चलेर कांग्रेसभित्र खैलाबैला मच्चिएका बेला एकै घरका दुई सदस्यले मेयर र उपमेयरका लागि कांग्रेसबाट आबेदन दिएका छन् ।

पोखरा महानगरपालिका कार्य समितिले मेयर र उपमेयरका आकांक्षीहरुसँग १५ हजार रुपैयाँ नगदसहित आबेदन मागेपछि गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापा र उनकी भाइबुहारी मिलन थापाले क्रमशः मेयर र उपमेयरमा दाबी गरेका हुन् ।

पोखराका प्रतिष्ठित र अर्बपति व्यसायी विन्दु थापा हाल गण्डकी सरकारका कानून मन्त्री छन् । बहालवाला मन्त्रीले मेयरमा दाबी गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताले उनको आलोचना गरेका छन् ।

त्यस्तै माइली भाइबुहारी मिलन थापाले उपमेयरमा आबेदन दिएकी छन् । जेठाजुले मेयर नपाए बुहारीलाई उपमेयर बनाउनेगरी पारिवारिक सल्लाहमा आबेदन दिएको कार्यकर्ताहरुको आरोप छ ।

मिलनका पति धुर्व थापा नेपाल अटोमोबाइल एशोसियसन अफ नेपाल नाडाका अध्यक्ष हुन् । मिलन आफैं पनि कांग्रेस राजनीतिमा सक्रिय रहेको र हाल महाधिवेशन प्रतिनिधि रहेकाले परिवारवादको आरोप लगाउनु पुर्वाग्रह भएको थापा पक्षको भनाइ छ ।

कांग्रेसबाट पोखराको मेयरमा १८ जना र उपमेयरमा ११ जनाले आबेदन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर