वडाध्यक्ष जसको हुन्छ, त्यहीं पार्टीको चुनाव चिह्न लिनेबारे छलफल हुँदैछ: प्रचण्ड (भिडिओ) – Nepal Press

वडाध्यक्ष जसको हुन्छ, त्यहीं पार्टीको चुनाव चिह्न लिनेबारे छलफल हुँदैछ: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनमा एउटै चिह्नबाट चुनाव लड्नेबारे छलफल चलिरहे पनि प्राविधिक समस्या रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कमसेकम वडाध्यक्ष जसको भागमा पर्छ त्यहीं पार्टीको चुनाव चिह्नमा जानेबारे छलफल भइरहेको बताए ।

तर निर्वाचन आयोगले मतपत्र छपाइको काम गरिसकेकाले ‘प्राविधिक रुपमा पनि त्यो सम्भव नहुने हो कि जस्तो देखियो’ भन्दै प्रचण्डले गठबन्धनमा यसबारे छलफल भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर