प्रचण्डको दाबी: तालमेलको हिसाबकिताब भोलि टुंगिन्छ, भरतपुरको विषयमा विवाद छैन – Nepal Press

प्रचण्डको दाबी: तालमेलको हिसाबकिताब भोलि टुंगिन्छ, भरतपुरको विषयमा विवाद छैन

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म चुनावी तालमेलबारेको छलफल टुंगोमा पुग्ने बताएका छन् ।

आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले समस्याबिना नै भोलि चुनावी तालमेलको हिसाबकिताब टुंगिने बताएका हुन् ।

उनले भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे विवाद नरहेको पनि दाबी गरे । ‘चुनावका बेला एउटै पार्टीभित्र पनि विवाद हुन्छ’ उनले भने, ‘तर सहमतिमा नै अघि बढ्नुको विकल्प छैन ।

नवलपरासीको दलदलेमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनी भरतपुर आइपुगेका हुन् ।


प्रतिक्रिया

One thought on “प्रचण्डको दाबी: तालमेलको हिसाबकिताब भोलि टुंगिन्छ, भरतपुरको विषयमा विवाद छैन

  1. भरतपुरमा छाेरीले पाउनुपर्याे प्रचण्डलाई पुग्याे । सरकार टिक्नुपर्याे देउवालाई पुग्याे । बाँकी त झाेले न हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर