ट्विटरलाई एलन मस्कको अफर, ४३ अर्ब डलरमा पुरै कम्पनी किन्न तयार छु – Nepal Press

ट्विटरलाई एलन मस्कको अफर, ४३ अर्ब डलरमा पुरै कम्पनी किन्न तयार छु

काठमाडौं । विश्व धनाड्य व्यक्ती तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्कले ४३ अर्ब डलरमा ट्विटरको पुरै स्वामित्व खरिद गर्ने अफर अघि सरेका छन् ।

जस अनुसार ट्विटरको प्रति शेयर मुल्य ५४.२ डलर हुन आउँछ । मस्कले दिएको उक्त अफरबारे टुइटरको बोर्ड कमिटी बैठकमा सल्लाह गरेर मात्र निष्कर्समा पुगिने ट्विटरको बोर्डले जनाएको छ ।

ट्विटर वाक स्वतन्त्रता र लोकतन्त्र अभ्यासको राम्रो मन्चको रुपमा प्रस्तुत हुन सक्ने प्रबल सम्भावना भएको कारणले नै मस्क आफूले यसमा लगानी गरेको बताए ।

वर्तमान अवस्थामा ट्विटर जुन ढगंबाट संचालन भईरहेको छ त्यसले सामाजिक अपेक्षा पूरा गर्न नसक्ने महशुस भएकाले ट्विटरको सम्पूर्ण स्वामित्व खरिद गर्न आफू इछुक रहेको मस्कको भनाई छ ।

मस्कले गत मार्च २४ मा ट्विटरको ९.२ प्रतिशत सेयर खरिद गरेका थिए । यससँगै उनी हाल ट्विटरको सर्वाधिक सेयर होल्ड गर्ने व्यक्तीको रुपमा स्थापित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर