उम्मेदवारबारे छलफल गर्न कांग्रेस निर्वाचन परिचालन कमिटीको बैठक बस्दै – Nepal Press

उम्मेदवारबारे छलफल गर्न कांग्रेस निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

काठमाडौं । सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ । उनीहरुलाई प्रदेश छुट्याएको जिम्मेवारी बाँडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर