नयाँ वर्षको पहिलो दिन पशुपतिमा थामिनसक्नु भीड (तस्बिरहरु) – Nepal Press

नयाँ वर्षको पहिलो दिन पशुपतिमा थामिनसक्नु भीड (तस्बिरहरु)

काठमाडौं । नयाँ वर्ष २०७९ को पहिलो दिन हिन्दूहरुको तीर्थस्थल काठमाडौंको पशुपतिनाथमा श्रद्धालुहरुको भीड लागेको छ । मन्दिर परिसरमा बिहानैदेखि भीड लागेपछि व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोष र प्रहरीलाई कठिन भएको छ ।

पशुपतिनाथ मन्दिरको मूल गेटमा हज्जारौं भक्तजनको भीडा लागेको छ भने दर्शन गर्नेको लाइन पनि निकै लामो छ ।

हिन्दूधर्ममा आस्था राख्नेहरुले नयाँ वर्षको पहिलो दिन पशुनाथको दर्शन गरी बितेको वर्षमा भएका भए पाप पखालिदिन र नयाँ वर्ष सुन्दर बनाइदिन कामना गर्ने गर्दछन् ।

तस्बिरमा हेर्नुहोस् पशुपतिनाथ परिसरको भीड

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर