भारतमा आगलागी: अर्घाखाँचीका एक बालकको जलेर मृत्यु, पाँच नेपाली मजदुर घाइते – Nepal Press

भारतमा आगलागी: अर्घाखाँचीका एक बालकको जलेर मृत्यु, पाँच नेपाली मजदुर घाइते

काठमाडौं । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका १४ वर्षीय एक बालकको ज्यान गएको छ ।

हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका– ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो ।

मुखियासहित १० जना नेपाली मजदुरहरुले काम गर्दै आएको चाट भण्डारमा विद्युत सर्ट भइ आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् ।

आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखिया बाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए । मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भातरमा मजदुरी गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर