राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले दिइन् राजीनामा, कमल थापाले गरे स्वागत – Nepal Press

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले दिइन् राजीनामा, कमल थापाले गरे स्वागत

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्कीले राजीनामा बुझाएकी छन् । राप्रपा छाडेकी कार्की कमल थापा नेतृत्वको राप्रपा नेपालमा जाने भएकी छन् ।

भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा लेखेकी छन् ।

पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उनले बताएकी छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा कार्कीलाई स्वागत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर