विदेशी फिल्ममाथि कडाइ गर्न माग गर्दै विकास बाेर्डमा चलचित्रकर्मीको ज्ञापनपत्र – Nepal Press

विदेशी फिल्ममाथि कडाइ गर्न माग गर्दै विकास बाेर्डमा चलचित्रकर्मीको ज्ञापनपत्र

काठमाडौं । विदेशी फिल्मका कारण नेपाली फिल्म हलमा प्रदर्शन हुने अवस्था नै नबनेपछि फिल्मकर्मीले चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । फिल्मकर्मीले बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर ९ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रबारे निर्देशक सोभित बस्नेतले सामाजिक संजालमा लेखेका छन्, ‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने हामी । आफ्नै घरमा आगो लाग्दा पनि हेरी नै रहने हो त ? आज नेपाल चलचित्र विकास बोर्डमा हामी चलचित्रकर्मीले चलचित्रसम्बन्धी अतिआवश्यक मागहरु सहित ज्ञापनपत्र बुझाएका छौं ।’

ज्ञापनपत्रमा बोर्डलाई स्वयत्त बनाउनुपर्ने, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयन गरिहनुपर्ने, चलचित्र विधेयक स्वयत्त २०७७ संसदबाट अनुमोदन गरिनुपर्ने, विदेशी चलचित्रको नेपालमा प्रदर्शनमा कडाइ गरिनुपर्ने लगायतका माग रहेका छन् ।

बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतले दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर