माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ) – Nepal Press

माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ)

काठमाडौं । नेकपा एमाले गलत व्यक्तिको कब्जामा परेकाले नयाँ पार्टी खोलेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन । काठमाडौंमा आयोजित पार्टीको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

त्यही कारण आफूहरूले क्रान्तिकारी चेतका साथ क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियानमा जुटेको उनले बताए ।
‘त्यहाँ बस्नुको मतलव दास हुनु हो, त्यहाँ बस्नुको मतलव दासता स्वीकार्नु हो, त्यहाँ बस्नुको मतलव मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ,’ उनले भने,‘बोलिहाल्यो भने कार्बाहीको सिकार हुनुपर्ने हुन्छ, होइन भने निरीह भएर बस्नुपथ्र्यो ।’

पार्टीको निर्देशनको अवज्ञा गरे पार्टीभित्रै अपमान सहनुपर्ने अवस्था देखिएको उनले बताए । उनले भने,‘चुप लाग्नुस्–चुप लाग्यो । निस्किनुस–निस्कियो । कसैले बोल्न खोज्यो त्यहाँका स्यालहुइयाँ साइबर स्यालले कराउथे एइइई चुप लाग चुप लाग १ भनेपछि आफ्नै बेइजती ।’

एमालेमा अहिले विगतमा १० भाई समुह चलाएका नेताहरूको अवस्था बिजोग भएको अध्यक्ष नेपालले टिप्पणी गरे । ‘त्यहाँ हेर्नुस त १० भाईको कस्तो बिजोग छ रु १० भाई भन्यो भने कोइकोइ भन्छन् बहिनी पनि त छन् नि–दिदी । यो तपाईहरू आफू जान्नुहोस्,’ उनले भने ।

आफूले पार्टी स्थापना गरेपछि जहीँतहीँ बाक्लो भीड लागिरहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ)

  1. तिमीहरू देश लुट्न नपाएर एमाले छोडेका हौ अपराधी जत्था का नाइके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर