ओलीलाई नेपालको कटाक्ष– काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् (भिडिओ) – Nepal Press

ओलीलाई नेपालको कटाक्ष– काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो नेतृत्वमा रहँदा एमालेले धेरै राम्रा काम गरेको दाबी गरेका छन् । एमालेले बिगतमा गरेका लोकप्रिय कामहरूको श्रेय आफूलाई जाने बताउँदै ती सबै कामहरू आफ्नो अगुवाई र सहभागितामा भएको दाबी गरे ।

पार्टीनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले नेतृत्वमा आएरपछि अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेको बताए । त्यसैकारण ओली पार्टीभित्रै पेलपाल गर्ने गालीगलौचमा उत्रिने गरेको उनको दाबी छ ।

एमालेसँगको सम्बन्ध टुँटिसकेको अवस्थामा अब उतातर्फ फर्किएर हेर्नुको औचित्य नरहेको बताउँदै कार्यकर्तालाई पार्टीको काम गर्न आग्रह गरे ।

‘काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् । आफ्नो औकात देखाउन दिनुस् । उनी हरू गाली मात्र बक्न सक्दछन् । राम्रो काम गरेपो राम्रो कुरा बोलुन् । आफूबाट राम्रो काम भएको छैन,’ उनले भने,‘अरुले राम्रो काम गरेको देखेर रिसले चूरचूर भएर गालीगलौचमा उत्रिन्छन् भने, उनीहरूको त्यति नै हो हैसियत, यो बुझे हुन्छ । ’

आफूहरूलाई त्यसमा फुर्सद नभएको उनले बताए । ‘फुर्सद पनि छैन चिन्तन पनि छैन । सोच नै त्यस्तो होइन । हामी सकारात्मक सोचलाई अगाडि बढाउँछौ । राम्रो कुरा गर्नेहरूलाई प्रेरणा दिने गरी सबेलाई हौसला दिनचाहन्छौँ,’ उनले भने ।

आफ्नो नेतृत्वमा रहेको पार्टीबाट कहिल्यै शीर निहुँराउने काम नभएको अध्यक्ष नेपालले बताए । उनले भने, ‘शीर निहुँराउने होइन । हामीले यो देशका लागि गर्नुपर्ने काम गरेका छौँ । चुनौतीका बीचमा गरेका छौँ ।’

नेपालको द्वन्द्व रूपान्तरणका लागि आएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)लाई नेपालबाट विदा गरेर आफूले ऐतिहासिक काम गरेको उनले दाबी गरे । ‘सक्छ कसैले? कतिवटा देशमा विदा गरेका छन । यौटा पनि कहीँ छ नेपाल बाहेकको उदाहरण कसैले पेश गर्नसक्छ रु त्यो काम पनि मेरै पालामा गरिएको हो,’ उनले भने ।


प्रतिक्रिया

One thought on “ओलीलाई नेपालको कटाक्ष– काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् (भिडिओ)

  1. तिम्रो नातागोता लाई नियुक्ति नदिएको नोकझोक त होला कम्युनिस्ट आन्दोलनको गद्दार मा तपाई दर्ज हुनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर