वैशाख ३० को चुनावप्रति नेपालको आशंका, भन्छन्–भोलि जे हुन्छ अहिलेलाई तयारी गरौं (भिडिओ) – Nepal Press

वैशाख ३० को चुनावप्रति नेपालको आशंका, भन्छन्–भोलि जे हुन्छ अहिलेलाई तयारी गरौं (भिडिओ)

‘असोजमा चुनाव भएकाहरूको ५ वर्ष पुगेको छैन । त्यसको जवाफ कसले दिने ?

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन रोकिन पनि सक्ने संकेत गरेका छन् ।

नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार यो चुनाव घोषणाले हनन् गरेको भन्दै यसबारे अदालतबाट कुनै निर्णय आउन सक्ने संकेत गरे ।

नेपालले भने,’असोजमा चुनाव भएका मान्छेको ५ वर्ष पुगेको छैन । त्यसको जवाफ कसले दिने रु कानुनमा त्रुटी छ । उनीहरुको संवैधानिक अधिकारको हनन् भएको छ । यो चुनावले असोज महिनामा ५वर्ष पग्नेको भावनाको विपरित निर्णय गरेको छ भन्ने कुरा उठेको छ । सायद यसमा केही होला तरि पनि भोलि जे होला होला अहिले हामी तयारी जुटौं । वैशाख ३० गतेको तयाराीमा जुटौं । मान्छेहरु के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौं ।’

सर्वोच्च अदालतमा भंगाहाका मेयर सन्जिवकुमार सिंहले दायर गरेको रिटको सुनुवाइको पेशी वैशाख २ गते तोकिएको छ । उनले ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै दायर गरेको रिटमा अन्तरिम आदेश नदिए पनि त्यसका लागि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।


प्रतिक्रिया

One thought on “वैशाख ३० को चुनावप्रति नेपालको आशंका, भन्छन्–भोलि जे हुन्छ अहिलेलाई तयारी गरौं (भिडिओ)

  1. चुनावमा जनताले धूलाे चटाउछन भन्ने पक्का भैसक्याे । त्याे थाहा पाएर याे अनैतिक अहिले सर्वाेच्च गुहार्दैछ । सर्वाेच्चले चुनाव राेकिदिन्छ कि भन्ने एकमात्र आस छ यसलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर