अर्थमन्त्रीको आरोप: राष्ट्र बैंकका कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाए – Nepal Press

अर्थमन्त्रीको आरोप: राष्ट्र बैंकका कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाए

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् ।

अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए ।

‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्‍याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’

यसअघि अर्थमन्त्री शर्माले व्यापारी शाहको खातामा अमेरिकाबाट आएको रकम राष्ट्र बैंकले रोक्का राखिदिएपछि वैदेशिक लगानी भित्र्याउन आफूले सहजीकरण गरिदिएको प्रतिक्रिया दिएका थिए ।

मन्त्री शर्माले कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पु¥याउने रहेको भए पनि उनीहरूको त्यो सपना पूरा नहुने दाबी पनि गरे ।
‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् । अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौं । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई रहर छ श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन ।’


प्रतिक्रिया

One thought on “अर्थमन्त्रीको आरोप: राष्ट्र बैंकका कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाए

  1. अर्थतन्त्रकाे ज्ञान नभएकाे ५ जनाकाे टिमबाट चलेकाे छ अर्थमन्त्रालय , श्रीलंका पछि पाकिस्तान टाट पल्टने दिशामा गइसक्याे , गलतकाम गर्न दवाव दिने गर्छ अर्थ र उसका सेनामेना अनि गभरनरलाइ गाली गरेर हुन्छ ? ड्राइभिङ सिटमा बस्ने खलासी समेत अाफै वन्ने अनि भगरनरलाइ गालि गरेर के हुन्छ ? हामिले देश चलाउन गभरनरलाइ दिएकाे हैन नि , गभरनर त युवराज खतिवडाका पालामा कांग्रेसका डा.चिरन्जिवि नेपाल थिए, मुख्य सचिव देखि मन्त्रालयका सचिवसम्म कांगेस नै थिए र पनि राम्राे चलकेकाे थियाे त । अरुलाइ दाेष दिएर उम्किने ठाउ छैन । सवैकाे लगाम राजनीति हाे यसैले डाेहाेर्याउनु पर्छ । नत्र अव श्रीलंका र पाकिस्तान वन्नबाट नेपाललाइ कसैले राेक्न सक्दैन । हरेक चिजकाे भाउ ९ महिनामा डवल हुन लागि सक्याे । जनताकाे क्रयशक्ति वढेकाे छैन । सरकारले गर्नचै खाेजेकाे के हाे ? जनता भाडमा जाय हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर