गठबन्धनको दाबीः कर्णालीमा एमालेलाई बढारेरै छाड्छौं – Nepal Press

गठबन्धनको दाबीः कर्णालीमा एमालेलाई बढारेरै छाड्छौं

सुर्खेत । आगामी स्थानीय तहको निर्वाचनमा कर्णालीका गठबन्धन दलहरुले ७९ वटै पालिकामा जीत्न सकिने रिर्पोट केन्द्रमा पठाएका छन् । दोस्रो माओवादी, तेस्रो कांग्रेस र चौथो नेकपा एस मिलेर चुनाव लडेको खण्डमा कर्णालीमा एमालेलाई क्लीनस्वीप गर्न सकिने रिर्पोट पठाइएको हो ।

‘हामीले कर्णालीमा गठबन्धनको अवस्था के छ भनेर रिर्पोटिङ गरेका थियौं’, माओवादी कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसीले भनिन्, ‘गठबन्धन भएको खण्डमा हामी ७९ ओटै पालिकामा सहज जीत निकाल्छौं ।’ २०७४ सालको स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार सो विश्लेषण गरिएको उनको भनाइ थियो ।

‘गठबन्धनमा कुन दलले कुन पालिका लिने भन्ने निर्णय हामीले गरेका छैनौं । त्यो अधिकार केन्द्रसँगै छ’, उनी भन्छिन्, ‘अबको केही दिनमा माथिबाटै निर्णय आउला ।’ उनले गठबन्धनका दलहरुबीच निरन्तर कुराकानी भइरहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर