लुम्बिनीमा १३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै – Nepal Press

लुम्बिनीमा १३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

रुपन्देही । बालबालिकालाई टाइफाइडबाट जोगाउन सरकारले खोपको व्यवस्था गरेको छ । टाइफाइडका बिरामीहरु बढ्दै गएपछि लुम्बिनीका १२ जिल्लाहरुमा १५ महिनादेखि १५ वर्षसम्मका करिब १३ लाख बालबालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले चैत २२ गतेदेखि २८ गतेसम्म लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइडविरुद्धको खोप लगाइने जानकारी दिएका छन् ।

टाइफाइडबाट उनसुकै उमेर समूहका व्यक्तिहरु प्रभावित हुनसक्ने भएपनि पहिलो चरणमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका यो रोगबाट बढी प्रभावित देखिएकाले खोप लगाउन थालिएको शर्माले जानकारी दिए । यो उमेर समूहमा ११ प्रतिशतभन्दा बढीलाई यो रोगले प्रभावित पारेको छ ।

उनले टाइफाइडबाट बच्नको लागि थाइपोइड खोप लगाउने जानकारी दिदै भारतमा उत्पादित यो खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन सकिने बताए ।

चैत २२ गतेदेखि शुरु हुने खोप अभियान चैत २८ गतेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरुको वार्षिक परीक्षा भएकोले बैशाख पहिले नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले तयारी गरेको वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।

दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पताल भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले अभियान नै शुरु गरेर कार्यक्रम गर्न लागिएको र यो अभियान पहिलो पटक चलेकाले आगामी दिनमा नियमित लगाउन मिल्नेगरी अगाडि बढिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर