सुदृढ अर्थतन्त्रका लागि अपरिहार्य चक्रीय अर्थव्यवस्था – Nepal Press

सुदृढ अर्थतन्त्रका लागि अपरिहार्य चक्रीय अर्थव्यवस्था

विश्व्यापीकरणको वर्तमान युगमा संसारमा भैरहेका नयाँ नयाँ प्रयोग, विषय र छलफलबाट हामी टाढा रहन सक्दैनौं । समयानुकूल, जल्दाबल्दा विषयहरु आम सरोकारका विषयमा पर्नुपर्दछ । यस्तै जल्दोबल्दो विषय हो, चक्रीय अर्थव्यवस्थाको अवधारणा ।

संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छ भनेर मौलिक हकमा उल्लेख गरेको छ । संघीय सरकारको विज्ञान, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार अन्तर्गतका सरोकारवाला मन्त्रालयहरु र स्थानीय तहमा नीति निर्माण गर्दा यो विषयलाई समेट्न छुटाउनु हुँदैन ।

नेपालको संविधानको भाग–३ मा मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३० मा स्वच्छ र स्वस्थ वातावरणमा ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ’ भन्ने उल्लेख छ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिवापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक छ । राष्ट्रको विकास सम्बन्धि कार्यमा वातावरण र विकासबीच समूचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्ने कुराको ग्यारेण्टी गरेको छ हाम्रो संविधानले ।

अवधारणा

समकालीन अर्थव्यवस्थामा हामी पृथ्वीबाट चिजबिज लिएर सरसामान उत्पादन गर्छाैं र कालान्तरमा रद्दीको रुपमा त्यही बिसर्जन गर्छौं । चक्रीय अर्थव्यवस्था उत्पादन र उपभोगको त्यस्तो मोडेल हो जसमा हामीले प्रयोग गर्ने वस्तु र सरसामान शेयरिङ्ख, लिजिङ्ख, पुनःप्रयोग, मर्मत/ सम्भार, रिसाइकलजस्ता विधि प्रयोग गरी दीर्घकालसम्म उपयोेग गरिन्छ । हामीले प्रयोग गर्ने वस्तुहरुको जीवन चक्र जतिसक्यो धेरै लम्बाउने प्रयास गरिन्छ ।

व्यवहारिक हिसाबले भन्दा जतिसक्यो कम फोहोर उत्सर्जन गर्ने भन्ने बुझाई हो । जब कुनै वस्तुको आयु समाप्त हुन्छ अथवा उपयोगिता सकिन्छ त्यस वस्तुमा अन्तरनिहीत चिजहरुलाई अर्थतन्त्रभित्र जहाँ सम्भव हुन्छ त्यहि राख्नुपर्दछ । यस्ता वस्तुलाई उत्पादनमूलक ढङ्खले बारम्बार प्रयोगमा ल्याउन सकिन्छ र संगसंगै भविष्यमा अझ थप मूल्य सिर्जना गर्न सकिन्छ ।

परम्परागत रेखीय आर्थिक मोडेल ‘टेक–मेक–कन्ज्युम–थ्रो’ अर्थात लैजाउ–बनाउ–उपभोग गर र फालिदेउको ढाँचामा चल्दछ र यो मोडेलले सस्तो र सजिलै उपलब्ध हुने वस्तु र ऊर्जाको प्रयोगमा जोड दिन्छ । त्यसैले चक्रीय अर्थतन्त्रको मोडेल नितान्त भिन्न र नविनतम् वैकल्पिक अवधारणा हो । त्यसैगरी यो मोडेलको अंगको रुपमा नियोजित अप्रचलन (अब्सोलेन्स) रहन्छ । मालवस्तुहरुको प्राथमिक प्रयोग सकिएपछि पुनः उत्पादन प्रणालीमा जोडिन्छ । अब हामीले हाम्रो विकास मोडेलबारे पुनर्विचार गर्नुपर्छ र चक्रीय अर्थतन्त्रको मोडेललाई पुनःपरिभाषित गर्नुपर्दछ ।

चक्रीय अर्थव्यवस्थाको प्रवद्र्धन गर्नका लागि तीन कुरामा ध्यान दिनुपर्दछ । यी तीन कुरा हुन्– रैथाने ज्ञान, नवप्रवर्तन र प्रोत्साहन । हामीले लगभग लगभग धेरैजसो रैथाने र स्थानीय ज्ञान त्यागिसकेका छौं । अब यिनीहरुलाई पुनर्जीवित गर्न ढिलो गर्नु हुन्न । विकास प्रयासलाई हाम्रो मूल्य प्रणाली र स्रोत अनुसार पुनःपरिभाषित गनुपर्दछ । चक्रीयताको प्रवद्र्धन गर्नको लागि प्रतिविम्बित (रिप्mलेक्ट), महशुस (रियलाइज), र पुनरुद्धार÷पुनर्जागरण (रिभाइभ) सिद्धान्तलाई प्रोत्साहन गर्नुपर्दछ ।

नमूना विचार सहितका नयाँ व्यवसायलाई प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्छ । स्टार्ट–अपमार्पmत् यसो गर्न सकिन्छ । समुदायका समस्यालाई समाधान गर्न नवीन सोंचका एक वा बढी व्यक्तिले कम लगानीमा स्थापना गरेको व्यवसाय नै ‘स्टार्टअप’ हो । चक्रीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने खालका नयाँ व्यवसायिक मोडेललाई सबै तहका सरकारले कर लगायतका कुरामा सहुलियत दिएर प्रोत्साहन दिनुपर्छ । यसो गर्दा भविष्यमा फोहोर व्यवस्थापनमा खर्च हुने ठूलो धनराशी जोगाउन सकिन्छ ।

कतिपयले चक्रीय अर्थव्यवस्थालाई फोहोर व्यवस्थापनको रुपमा पनि बुभ्mने गरेको पाइंन्छ । जुन वृहत् अवधारणाभित्रको साँघुरो बुझाई हो । चक्रीय अर्थव्यवस्थाको सञ्चालन तीन वटा खास आधारभूत सिद्धान्तमा आधारित भएर चल्दछ । प्रदूषण र फोहोर उत्सर्जन न्यूनीकरण, हाम्रा सरसामानलाई चुस्तदुरुस्त र चालु हालतमा राख्ने, र प्राकृतिक प्रणालीलाई पुनर्जागरण गर्ने ।

यतिबेला विश्वव्यापी आँकडा अनुसार अर्थतन्त्रको जम्मा ९ प्रतिशत हिस्सा मात्र चक्रीय छ, उत्सर्जन हुने ९१ प्रतिशत फोहोर दोस्रो चरणको उत्पादन चक्रमा जाँदैन । नेपालको सन्दर्भमा ‘चक्रीय अर्थव्यवस्था’ अवधारणा भू्रण अवस्थामा छ । नीतिनिर्माता, राजनीतिक पार्टी, नेता, मिडियालगायत बौद्धिक वर्गको ध्यान अभैm पुग्न सकेको छैन । अवधारणाको रुपमा केही चक्रीय अर्थव्यवस्था ब्लग र युट्युब च्यानलमा यदाकदा भेटिएता पनि सार्वजनिक बहसमा अभैm आउन सकेको छैन ।

वास्तवमा चक्रीय अर्थव्यवस्था चरम–उपभोक्तावादले सिर्जना गरेको समकालीन विश्वमा देखिएका यावत वातावरणीय समस्याहरु जस्तैः जलवायु परिवर्तन र कार्बन उत्सर्जनको समस्या समाधान गर्ने अवधारणा हो । जलवायु परिवर्तन अर्थात क्लाइमेट चेन्ज अहिले विश्वव्यापी रुपमा चर्चा भैरहेको विषय हो ।

नेपालमा यसप्रतिको चासो र सरोकार भने अलि कम भएको पाइंन्छ । जलवायु परिवर्तनको बिषय वर्तमान विश्वको वास्तविकता हो । यसले पृथ्वीमा तीव्र रुपले नोक्सान पुर्याइरहेको छ । तसर्थ सरोकारवालाहरु खास गरेर महानगर र ठूला नगरपालिकाहरु र व्यवसायिक जगतसँग बृहत बहस र छलफलको आवश्यकता हुन्छ किनकी यो मोडेलको अर्थव्यवस्थालाई प्रवद्र्धन गर्न सहकार्य र साझेदारीको जरुरत हुन्छ ।

प्राकृतिक रुपमा स्वच्छ रहेको हाम्रो देशको अर्थतन्त्रलाई विकासका अव्यवस्थित र अल्पकालीन सोंचबाट बिग्रन नदिई भावी पुस्तालाई हस्तान्तरण गर्न चक्रीय अर्थव्यवस्थाको अवधारणा आत्मसात गर्नु अत्यावश्यक छ ।

रिसाईक्लिङ्ख (पुनःप्रयोग) मात्र पनि होइन चक्रीय अर्थव्यवस्था धेरैले गलत अर्थमा त्यस्तो पनि बुभ्mने गरेको पाइंन्छ । यो मोडेलको खास परिणामजन्य गुण हो फोहोर उत्पादन न्यूनीकरण । वस्तु जति टिकाउ बनाउन सकियो त्यति फोहोर उत्सर्जन कम हुन्छ । त्यसो हुँदा रिसाइकल गरिरहनु पनि पर्दैन । लक्ष्य हो फोहोर रहित अर्थतन्त्र र बारम्बार वस्तु खरिद गरिरहनुपर्ने झन्झटबाट मुक्ति ।

किन आवश्यक छ चक्रीय अर्थव्यवस्था ?

जनसंख्या वृद्धि विश्वव्यापी रुपमा बढिरहेको छ । यससँगै कच्चा पदार्थको मामा पनि वृद्धि भैरहेको छ र यस्ता कच्चा पदार्थको मात्रा पृथ्वीमा सीमित छ । कच्चा पदार्थको उत्खनन् र दोहनले वातावरणमा दूरगामी नकारात्मक प्रभाव पार्दछ । ऊर्जा खपतमा बढोत्तरी भएर कार्बनडाअक्साइडजस्ता हानीकारक ग्यासको उत्सर्जन बढ्ने हुन्छ । हामीले हरेक दिन प्रयोग गर्ने सामग्रीको उत्पादनले कुल कार्बन उत्सर्जनको ४५ प्रतिशत हिस्सा ओगट्छ भन्ने तथ्यांक छ ।

तसर्थ हरित गृह प्रणालीमा पर्ने नकारात्मक असर कम गर्न युरोपियन युनियन कम्पनीहरुले फोहोर निरोध गर्ने, इकोडिजाइन गर्ने र पुनःप्रयोगलाई प्रोत्साहन गर्ने प्रयास थालिसकेका छन् । हामीकहाँ भने सचेतनाको अभावका कारण सस्ता, कमसल गुणस्तर भएका र कम टिकाउ बस्तुहरु विश्वबजारबाट आयात गर्ने होडबाजी चलिरहेको छ । यसो हँुदा कालान्तरमा हाम्रो धरती त्यस्ता हानीकारक सहउत्पादन (बाइप्रडक्ट) डम्पिङ्ख भएर अवस्था वातावरणीय अवस्था भयावह बन्ने खतरा देखिदैछ ।

चक्रीय अर्थव्यवस्थातर्पm सचेतनापूर्वक लाग्ने हो भने वातावरणमाथिको नकारात्मक दबाब र प्रभाव कम गर्न सकिन्छ । कच्चापदार्थको सप्लाई सुनिश्चित हुन्छ । प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुन्छ । नवप्रवर्तन गर्ने जागरण बढ्छ । आर्थिक वृद्धि दरिलो हुन्छ (कुल ग्रार्हस्थ उत्पादनको झण्डै ०.५ प्रतिशत) र दशौं लाखको संख्यामा नयाँ रोजगार सिर्जना गर्न सकिन्छ । त्यस्तै आमउपभोक्ताले पनि टिकाउ, भरपर्दो र इनोभेटिभ वस्तु खरिद गर्न पाउँछन् जसले गर्दा उनीहरुको जीवन गुणस्तरीय हुन्छ र पछि पैसा पनि बचत हुन्छ ।

चीनले चक्रीय अर्थव्यवस्थाको दिशामा अग्रसर भएर आप्mनो अर्थतन्त्र बलियो बनाउँदै लगेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले पञ्चवर्षीय योजनामा चक्रीय अर्थव्यवस्थासँग जोडिएर नीति तयार गर्छ । विश्वमा पहिलोपटक चीनले राष्ट्रिय चक्रीय आर्थिक परियोजना कार्यान्वयनमा ल्याइसकेको छ । ऊर्जा दक्षतामा ध्यान दिइएको छ । आधुनिक चक्रीय अर्थव्यवस्था अनुसन्धान केन्द्रजस्ता संस्था स्थापना गरेर काम गरिरहेको छ ।

नेपालजस्ता देशका लागि दुईवटा बाटा छन् अगाडि– या त चक्रीय अर्थव्यवस्था जस्ता सुविचारित सुधार लागू गर्ने वा अराजकता र अव्यवस्थाको सामना गर्ने । चक्रीय अर्थव्यवस्थाको प्रवद्र्धनका लागि सचेतना कार्यक्रम गरिनुपर्दछ र यसलाई राष्ट्रिय एजेण्डाको रुपमा महत्व दिनु पर्दछ । संसाधनको दक्षता अभिवृद्धि नभई चक्रीय अर्थव्यवस्थाको अवधारणा सम्भव हुन्न । त्यसैले यसलाई नीति लक्ष्यको रुपमा प्रमुख स्थान दिनुपर्दछ ।

विश्व मौसम जोखिम सूचकाङ्कको प्रतिवेदन–२०२० ले नेपाल वातावरणीय संकटका हिसाबले नवौं स्थानमा रहेको बताएको छ । तर हामीमा अभैm उन्नतस्तरको चेतना जागृत हुन सकेको छैन । प्राकृतिक रुपमा स्वच्छ रहेको हाम्रो देशको अर्थतन्त्रलाई विकासका अव्यवस्थित र अल्पकालीन सोंचबाट बिग्रन नदिई भावी पुस्तालाई हस्तान्तरण गर्न चक्रीय अर्थव्यवस्थाको अवधारणा आत्मसात गर्नु अत्यावश्यक छ ।

(लेखक लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलका अध्यापक हुन्)


प्रतिक्रिया

One thought on “सुदृढ अर्थतन्त्रका लागि अपरिहार्य चक्रीय अर्थव्यवस्था

  1. लगभग सबैजसो चीज उत्जपादनको लागि जल, जंगल, जनावर, सूर्यको तेज र वायू मात्र प्रयोग गर्न पाउने नीति ल्याउनुपरो। फोहर उत्पादन भएपनि जैविक फोहर मात्र उत्पादन होस्। अरु नभइ नहुने चीजहरुको लागि मात्र अन्य श्रोत प्रयोग गर्ने, त्यो पनि अनिवार्य पुनःप्रयोग गर्ने गरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *