नेकपा एसका अध्यक्ष नेपाल टर्की प्रस्थान, १९ गते फर्कने – Nepal Press

नेकपा एसका अध्यक्ष नेपाल टर्की प्रस्थान, १९ गते फर्कने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।

टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका हुन् ।

मार्च २९–३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि आइतबार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेपालको १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर