नेपालको समृद्धि र पर्यावरणका लागि आवश्यक चक्रीय अर्थव्यवस्था – Nepal Press
नेपाल चिन्तन

नेपालको समृद्धि र पर्यावरणका लागि आवश्यक चक्रीय अर्थव्यवस्था

विश्व्यापीकरणको वर्तमान युगमा संसारमा भैरहेका नयाँ नयाँ प्रयोग, विषय र छलफलबाट हामी टाढा रहन सक्दैनौं । समयानुकूल, जल्दाबल्दा विषयहरु आम सरोकारका विषयमा पर्नुपर्दछ । यस्तै जल्दोबल्दो विषय हो चक्रीय अर्थव्यवस्थाको अवधारणा ।

संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छ भनेर मौलिक हकमा उल्लेख गरेको छ । संघीय सरकारको विज्ञान, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार अन्तर्गतका सरोकारवाला मन्त्रालयहरु र स्थानीय तहमा नीति निर्माण गर्दा यो विषयलाई समेट्न छुटाउनु हुँदैन ।

संविधान–२०७२ को भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३० मा स्वच्छ र स्वस्थ वातावरणमा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने उल्लेख छ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिवापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक छ । राष्ट्रको विकास सम्बन्धि कार्यमा वातावरण र विकासबीच समूचित सन्तुलनका लागि आवश्यक कानूनी व्यबस्था गर्ने कुराको ग्यारेण्टी गरेको छ हाम्रो संविधानले ।

समकालीन अर्थव्यवस्थामा हामी पृथ्वीबाट चिजबिज लिएर सरसामान उत्पादन गर्छाैं र कालान्तरमा रद्दीको रुपमा त्यही बिसर्जन गर्छौं । चक्रीय अर्थव्यवस्था उत्पादन र उपभोगको त्यस्तो मोडेल हो जसमा हामीले प्रयोग गर्ने बस्तु र सरसामान शेयरिङ, लिजिङ, पुनःप्रयोग, मर्मत सम्भार, रिसाइकलजस्ता विधि प्रयोग गरी दीर्घकालसम्म उपयोेग गरिन्छ ।

हामीले प्रयोग गर्ने वस्तुहरुको जीवन चक्र जतिसक्यो धेरै लम्बाउने प्रयास गरिन्छ । व्यवहारिक हिसाबले भन्दा जतिसक्यो कम फोहोर उत्सर्जन गर्ने भन्ने बुझाई हो । जब कुनै बस्तुको आयु समाप्त हुन्छ अथवा उपयोगिता सकिन्छ त्यस वस्तुमा अन्तरनिहीत चिजहरुलाई अर्थतन्त्रभित्र जहाँ सम्भव हुन्छ त्यहि राख्नुपर्दछ । यस्ता बस्तुलाई उत्पादनमूलक ढङ्खले बारम्बार प्रयोगमा ल्याउन सकिन्छ र संगसंगै भविष्यमा अझ थप मूल्य सिर्जना गर्न सकिन्छ ।

परम्परागत रेखीय आर्थिक मोडेल टेक–मेक–कन्ज्युम–थ्रो अर्थात लैजाउ–बनाउ–उपभोग गर र फालिदेउको ढाँचामा चल्दछ र यो मोडेलले सस्तो र सजिलै उपलब्ध हुने वस्तु र ऊर्जाको प्रयोगमा जोड दिन्छ । त्यसैले चक्रीय अर्थतन्त्रको मोडेल बिल्कुल भिन्न र नविनतम् वैकल्पिक अवधारणा हो ।

त्यसैगरी यो मोडेलको अंगको रुपमा नियोजित अप्रचलन (अब्सोलेन्स) रहन्छ । मालबस्तुहरुको प्राथमिक प्रयोग सकिएपछि पुनः उत्पादन प्रणालीमा जोडिन्छ । अब हामीले हाम्रो विकास मोडेलबारे पुनर्बिचार गर्नुपर्छ र चक्रीय अर्थतन्त्रको मोडेललाई पुनःपरिभाषित गर्नुपर्दछ ।

चक्रीय अर्थव्यवस्थाको प्रवद्र्धन गर्नका लागि तीन कुरामा ध्यान दिनुपर्दछ । यी तीन कुरा हुन्– रैथाने ज्ञान, नवप्रवर्तन र प्रोत्साहन । हामीले लगभग लगभग धेरैजसो रैथाने र स्थानीय ज्ञान त्यागिसकेका छौं । अब यिनीहरुलाई पुनर्जीवित गर्न ढिलो गर्नु हुन्न । विकास प्रयासलाई हाम्रो मूल्य प्रणाली र स्रोत अनुसार पुनःपरिभाषित गनुपर्दछ । चक्रीयताको प्रवद्र्धन गर्नको लागि प्रतिविम्बित, महशुस (रियलाइज), र पुनरुद्धार, पुनर्जागरण (रिभाइभ) सिद्धान्तलाई प्रोत्साहन गर्नुपर्दछ ।

नमूना विचार सहितका नयाँ व्यवसायलाई प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्छ । स्टार्ट–अपमार्पmत् यसो गर्न सकिन्छ । समुदायका समस्यालाई समाधान गर्न नवीन सोंचका एक वा बढी व्यक्तिले कम लगानीमा स्थापना गरेको व्यवसाय नै ‘स्टार्टअप’ हो । चक्रीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने खालका नयाँ व्यवसायिक मोडेललाई सबै तहका सरकारले कर लगायतका कुरामा सहुलियत दिएर प्रोत्साहन दिनुपर्छ ।

यसो गर्दा भविष्यमा फोहोर व्यवस्थापनमा खर्च हुने ठूलो धनराशी जोगाउन सकिन्छ । कतिपयले चक्रीय अर्थव्यवस्थालाई फोहोर व्यवस्थापनको रुपमा पनि बुभ्mने गरेको पाइंन्छ । जुन वृहत् अवधारणाभित्रको साँघुरो बुझाइ हो । चक्रीय अर्थव्यवस्थाको सञ्चालन तीन वटा खास आधारभूत सिद्धान्तमा आधारित भएर चल्दछ । प्रदूषण र फोहोर उत्सर्जन न्यूनीकरण, हाम्रा सरसामानलाई चुस्तदुरुस्त र चालु हालतमा राख्ने, र प्राकृतिक प्रणालीलाई पुनर्जागरण गर्ने ।

यतिबेला विश्वव्यापी आँकडाअनुसार अर्थतन्त्रको जम्मा ९ प्रतिशत हिस्सा मात्र चक्रीय छ, उत्सर्जन हुने ९१ प्रतिशत फोहोर दोस्रो चरणको उत्पादन चक्रमा जाँदैन । नेपालको सन्दर्भमा ‘चक्रीय अर्थव्यवस्था’ अवधारणा भू्रण अवस्थामा छ । नीतिनिर्माता, राजनीतिक पार्टी, नेता, मिडियालगायत बौद्धिक वर्गको ध्यान अभैm पुग्न सकेको छैन । अवधारणाको रुपमा केही चक्रीय अर्थव्यवस्था ब्लग र युट्युब च्यानलमा यदाकदा भेटिएता पनि सार्बजनिक बहसमा आउन सकेको छैन ।

वास्तवमा चक्रीय अर्थव्यवस्था चरम–उपभोक्तावादले सिर्जना गरेको समकालीन विश्वमा देखिएका यावत वातावरणिय समस्याहरु जस्तैः जलवायु परिवर्तन र कार्बन उत्सर्जनको समस्या समाधान गर्ने अवधारणा हो । जलवायु परिवर्तन अर्थात क्लाइमेट चेन्ज अहिले विश्वव्यापी रुपमा चर्चा भैरहेको विषय हो ।

नेपालमा यसप्रतिको चासो र सरोकार भने अलि कम भएको पाइंन्छ । जलवायु परिवर्तनको बिषय वर्तमान विश्वको वास्तबिकता हो । यसले पृथ्वीमा तीब्र रुपले नोक्सान पुर्याइरहेको छ । तसर्थ सरोकारवालाहरु खास गरेर महानगर र ठूला नगरपालिकाहरु र व्यवसायिक जगतसँग बृहत बहस र छलफलको आवश्यकता हुन्छ किनकी यो मोडेलको अर्थव्यवस्थालाई प्रवद्र्धन गर्न सहकार्य र साझेदारीको जरुरत हुन्छ ।

रिसाईक्लिङ्ख (पुनःप्रयोग) मात्र पनि होइन चक्रीय अर्थव्यवस्था धेरैले गलत अर्थमा त्यस्तो पनि बुभ्mने गरेको पाइंन्छ । यो मोडेलको खास परिणामजन्य गुण हो फोहोर उत्पादन न्यूनीकरण । बस्तु जति टिकाउ बनाउन सकियो त्यति फोहोर उत्सर्जन कम हुन्छ । त्यसो हुँदा रिसाइकल गरिरहनु पनि पर्दैन । लक्ष्य हो फोहोर रहित अर्थतन्त्र र बारम्बार बस्तु खरिद गरिरहनुपर्ने झन्झटबाट मुक्ति ।

किन आवश्यक छ चक्रीय अर्थव्यवस्था ?

जनसंख्या वृद्धि विश्वव्यापी रुपमा बढिरहेको छ । यससँगै कच्चा पदार्थको मामा पनि वृद्धि भैरहेको छ र यस्ता कच्चा पदार्थको मात्रा पृथ्वीमा सीमित छ । कच्चा पदार्थको उत्खनन् र दोहनले वातावरणमा दूरगामी नकारात्मक प्रभाव पार्दछ । ऊर्जा खपतमा बढोत्तरी भएर कार्बनडाअक्साइडजस्ता हानीकारक ग्यासको उत्सर्जन बढ्ने हुन्छ । हामीले हरेक दिन प्रयोग गर्ने सामग्रीको उत्पादनले कुल कार्बन उत्सर्जनको ४५ प्रतिशत हिस्सा ओगट्छ भन्ने तथ्यांक छ ।

तसर्थ हरित गृह प्रणालीमा पर्ने नकारात्मक असर कम गर्न युरोपियन युनियन कम्पनीहरुले फोहोर निरोध गर्ने, इकोडिजाइन गर्ने र पुनःप्रयोगलाई प्रोत्साहन गर्ने प्रयास थालिसकेका छन् । हामीकहाँ भने सचेतनाको अभावका कारण सस्ता, कमसल गुणस्तर भएका र कम टिकाउ बस्तुहरु विश्वबजारबाट आयात गर्ने होडबाजी चलिरहेको छ । यसो हुँदा कालान्तरमा हाम्रो धरती त्यस्ता हानीकारक सहउत्पादन (बाइप्रडक्ट) डम्पिङ भएर अवस्था वातावरणीय अवस्था भयावह बन्ने खतरा देखिदैछ ।

चक्रीय अर्थ व्यवस्थातर्फ सचेतनापूर्वक लाग्ने हो भने वातावरणमाथिको नकारात्मक दबाब र प्रभाव कम गर्न सकिन्छ । कच्चा पदार्थको सप्लाई सुनिश्चित हुन्छ । प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुन्छ । नवप्रवर्तन गर्ने जागरण बढ्छ । आर्थिक वृद्धि दरिलो हुन्छ (कुल ग्रार्हस्थ उत्पादनको झण्डै ०.५ प्रतिशत) र दशौं लाखको संख्यामा नयाँ रोजगार सिर्जना गर्न सकिन्छ । त्यस्तै आमउपभोक्ताले पनि टिकाउ, भरपर्दो र इनोभेटिभ बस्तु खरिद गर्न पाउँछन् जसले गर्दा उनीहरुको जीवन गुणस्तरीय हुन्छ र पछि पैसा पनि बचत हुन्छ ।

चीनले चक्रीय अर्थव्यवस्थाको दिशामा अग्रसर भएर अर्थतन्त्र बलियो बनाउँदै लगेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले पञ्चबर्षीय योजनामा चक्रीय अर्थव्यवस्थासँग जोडिएर नीति तयार गर्छ । विश्वमा पहिलोपटक चीनले राष्ट्रिय चक्रीय आर्थिक परियोजना कार्यान्वयनमा ल्याइसकेको छ । ऊर्जा दक्षतामा ध्यान दिइएको छ । आधुनिक चक्रीय अर्थव्यवस्था अनुसन्धान केन्द्रजस्ता संस्था स्थापना गरेर काम गरिरहेको छ ।

नेपालजस्ता देशका लागि दुईवटा बाटा छन् अगाडि– या त चक्रीय अर्थव्यवस्था जस्ता सुविचारित सुधार लागू गर्ने वा अराजकता र अव्यवस्थाको सामना गर्ने । चक्रीय अर्थव्यवस्थाको प्रवद्र्धनका लागि सचेतना कार्यक्रम गरिनुपर्दछ र यसलाई राष्ट्रिय एजेण्डाको रुपमा महत्व दिनु पर्दछ । शंशाधनको दक्षता अभिवृद्धि नभई चक्रीय अर्थव्यवस्थाको अवधारणा सम्भव हुन्न । त्यसैले यसलाई नीति लक्ष्यको रुपमा प्रमुख स्थान दिनुपर्दछ ।

विश्व मौसम जोखिम सूचकाङ्कको प्रतिवेदन–२०२०ले नेपाल वातावरणीय संकटका हिसाबले नवौं स्थानमा रहेको बताएको छ । तर हामीमा  उन्नतस्तरको चेतना जागृत हुन सकेको छैन् । प्राकृतिक रुपमा स्वच्छ रहेको हाम्रो देशको अर्थतन्त्रलाई विकासका अव्यवस्थित र अल्पकालीन सोंचबाट बिग्रिन नदिइ भावी पुस्तालाई हस्तान्तरण गर्न चक्रीय अर्थव्यवस्थाको अवधारणा आत्मसात गर्नु अत्यावश्यक छ ।

(लेखक लुिम्बनी वाणिज्य क्याम्पस, बुटवलका अध्यापक हुन्)


प्रतिक्रिया

3 thoughts on “नेपालको समृद्धि र पर्यावरणका लागि आवश्यक चक्रीय अर्थव्यवस्था

  1. सम्बन्धी दीर्घ लेखिन्छ लेखहरूमा ध्यान दिनु पर्यो ।

  2. धेरै राम्रो लेख यो अत्यन्तै गम्भीर विषय हो तर यसको बारेमा सम्बन्धित निकायको ध्यान न्यून छ । यसले पार्ने दुरगामी असरका बारेमा सबै सचेत हुन र सचेत गराउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *