वाईसीएल ओखलढुंगाका इन्चार्ज एमाले प्रवेश – Nepal Press

वाईसीएल ओखलढुंगाका इन्चार्ज एमाले प्रवेश

ओखलढुंगा । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल ओखलढुंगाका जिल्ला संयोजक एमालेमा प्रवेश गरेका छन् । वाइसिएलका जिल्ला संयोजक तथा माओवादी केन्द्रका जिल्ला सदस्य समेत रहेका सुवास खड्का (उद्धव) एमालेमा प्रवेश गरेका हुन् ।

माओवादीले जनताको पक्षमा काम नगर्न नसकेको र कार्यकर्तामाझ एउटा र व्यवाहारमा अर्को काम गरेका कारण आफुहरु एमालेमा प्रवेश गरेको खड्काले बताए । उनले एमालेमा रहेर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एमाले जिल्ला कार्यालयमा आयोजित एक कार्यक्रमका बिच खड्कासहित वाइसिएल जिल्ला नेता सुजन कट्वाल लगायतका  माओवादी युवाहरु  एमालेमा प्रवेश गरेका नेकपा एमाले जिल कमिटी अध्यक्ष शंकर कटुवालले बताए । वाइसिएलको जिम्मेवार पदमा रहेका युवा नेताहरु माओवादी त्यागेर एमालेमा प्रवेश गरेका कारण उनीहरुलाई क्षमता अनुसार जिम्मेवारी दिईने उनकाे भनाइ छ ।

प्रदेश संसद अम्बिरबाबु गुरुङले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीमा अग्रजको सम्मन गर्ने र युवालाई अवसर दिने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर