माओवादीको गण्डकी अध्यक्षमा गायत्री गुरुङ, सचिवमा खनाल निर्वाचित – Nepal Press

माओवादीको गण्डकी अध्यक्षमा गायत्री गुरुङ, सचिवमा खनाल निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् ।

त्यस्तै प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष चयन गरेको छ । जसमा पर्वतका गुणाखर बस्याल, बाग्लुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्र शरण शर्मा रहेका छन् ।

त्यस्तै सचिवमा गोर्खाका जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक चुनिएका छन् ।

अधिवेशनले कोषाध्यक्षमा स्याङ्जाका तारा भुषाल निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर