हिंसाका घटना र विकृतिलाई न्यूनीकरण गर्न बैतडी प्रहरीकाे विद्यालय सम्पर्क कार्यक्रम – Nepal Press

हिंसाका घटना र विकृतिलाई न्यूनीकरण गर्न बैतडी प्रहरीकाे विद्यालय सम्पर्क कार्यक्रम

बैतडी । बैतडी प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रमअन्तर्गत जिल्लाको पाटन नगरपालिकाका विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पाटन नगरपालिकाको सहकार्य गरेर नगर क्षेत्रभित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिएको हाे ।

कार्यक्रमअन्तर्गत समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालयमा गएर कक्षा ९ देखि १२ सम्म विद्यार्थीहरुलाई सचेतना दिन थालिएको उनले बताए  ।  सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ ।

विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तरक्रियाले समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास लिइएको छ ।

नगरपालिकाका १० वटै वडाका एक/एक विद्यालयमा अन्तरक्रिया गर्ने कार्यतालिकाअनुसार अहिले सम्म वडा नं २, ३, ४ ७ र १० कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी रहेका वडाहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर