कार्यकर्तालाई चुनावी प्रशिक्षण दिन प्रचण्ड जनकपुर आउँदै – Nepal Press

कार्यकर्तालाई चुनावी प्रशिक्षण दिन प्रचण्ड जनकपुर आउँदै

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी माओवादीले राखेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ जनकपुरधाम आउन लागेका हुन् ।

आज बिहान विमानबाट अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ जनकपुरधाम आउन लागेको माओवादी नेता जीवछ यादवले बताए । उनका अनुसार प्रशिक्षणमा पालिका तहसम्मका नेता र जनप्रतिनिधि सहभागी हुनेछन् ।

प्रशिक्षण कार्यक्रममा दुई हजार बढी नेता र जनप्रतिनिधिको सहभागिता रहने जनाइएको छ । प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचनमा अपनाइने रणनीतिबारे प्रशिक्षण र निर्देशन दिने नेताहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *