विप्लवको प्रतिवेदनमाथि छलफल जारी, चुनावको पक्ष र विपक्षमा को को उभिए ? – Nepal Press

विप्लवको प्रतिवेदनमाथि छलफल जारी, चुनावको पक्ष र विपक्षमा को को उभिए ?

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक कपिलवस्तुमा जारी छ । दुई दिनदेखि जारी बैठकमा विप्लवको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । प्रतिवेदनमाथि सचिवालय सदस्यसहित १४ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।

धारणा राख्नेमध्ये अधिकांश केन्द्रीय सदस्य निर्वाचनको उपयोग गरेर जानुपर्ने पक्षमा उभिएको एक नेताले बताए ।

सचिवालय सदस्य खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हेमन्द्रप्रकाश वली ‘सुदर्शन’ र सन्तोष बुढामगले बोलिसकेका छन् । प्रकाण्ड र बुढामगर निर्वाचनको पक्षमा उभिएका छन् भने । कञ्चन र सुदर्शन निर्वाचनले निर्वाचनलाई बहिष्कार गरेर जानुपर्ने मत राखेका छन् ।

बाँकी १० जना केन्द्रीय सदस्यमध्ये भरत बम, अनिल शर्मा, उमा भुजेललगायत निर्वाचनको पक्षमा देखिएका छन् । दीपक चलाउने र चुडामणी वलीले निर्वाचनको विपक्षमा धारणा राखेका छन् ।

अहिलेको अवस्थामा चुनावी परिणाम जनताको पक्षमा नआउने भन्दै निर्वाचनलाई स्वीकार गरिए क्रान्तिको विरुद्धमा हुने चलाउने र वलीले धारणा रोखका हुन् । चलाउने तत्कालीन केपी ओली नेतृत्व सरकारसँगको वार्ता टोलीको सदस्यसमेत हुन् ।

केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि आधा-आधा घण्टा समय छुट्याइएको छ । तर, उनीहरूले निर्धारित समयभन्दा बढी आफ्नो धारणा राखिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर