तीन हजार कर्मचारी हटाएपछि चर्चामा आएको यो कम्पनी – Nepal Press

तीन हजार कर्मचारी हटाएपछि चर्चामा आएको यो कम्पनी

न्यूयोर्क । २०२२ मार्च ८ मा अमेरिकी कम्पनी बेटर डट कमका तीन हजार कर्मचारीहरूलाई पेरोल एपबाट एउटा म्यासेज आयो । त्यो म्यासेज कम्पनीका सीईओ विशाल गर्गले गरेका थिए ।

कर्मचारीहरूले म्यासेज हेर्ना साथै उनीहरू छक्क परे। म्यासेजमा उनीहरुलाई कम्पनीबाट निकालिएको सूचना थियो।

यस्तो गर्नु विशालका लागि नौलो थिएन । डिसेम्बर २०२१ मा, उनले २ मिनेटको जुम बैठकमा ९०० कर्मचारीलाई बर्खास्त गरेका थिए। यसरी ३ महिनामा ३ हजार ९ सय कर्मचारीलाई बर्खास्त गरेपछि फेरि यो कम्पनी चर्चामा छ ।

बेटर डट कम होम लोन दिने कम्पनी हो। कम्पनीले घर किन्न चाहनेहरूलाई धितो ऋण प्रदान गर्दछ। यसले घर कर्जा र बीमा उत्पादनहरू पनि प्रदान गर्दछ।

हाल यो कम्पनीमा भारत र अमेरिकामा गरी जम्मा ८ हजार कर्मचारी कार्यरत छन् । यसको सीईओ र संस्थापक विशाल गर्ग हुन्।

सन् २००० मा, विशाल गर्गले आफ्नो हाईस्कूल साथी रजा खानसँग मिलेर विद्यार्थीहरूलाई ऋण दिने निजी ऋण कम्पनी खोलेका थिए। सन् २०१३ मा कम्पनीका साझेदार रजा खान र विशालबीच कम्पनीको आर्थिक स्थितिलाई लिएर विवाद भएपछि विशालले होम ओनरसिप कम्पनी खोले ।

बेटर डट कमका अनुसार २०२० मा कम्पनीको ऋण मूल्य २४ अर्ब डलर अर्थात् १.८ लाख करोडभन्दा बढी थियो। कम्पनीको ब्रान्ड भ्यालू ४ हजार करोड रुपैयाँ थियो।

२०२० र २०२१ को सामाजिक मिडिया सूचीमा शीर्ष स्टार्टअपहरू मध्ये यो कम्पनी पहिलो स्थानमा थियो ।

फोर्ब्स २०२० को रिपोर्ट अनुसार ३ कम्पनीहरू– अमेरिकन एक्सप्रेस भेन्चर्स, गोल्डम्यान साक्स, एली फाइनान्सियलले कम्पनीलाई २५ करोड ४० लाख डलर आर्थिक सहयोग गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर