होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ) – Nepal Press

होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताएका छन् । होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नलाई जनताले साथ दिने बताए ।

निर्वाचनमा प्रगतिशील र प्रतिगामीबीच प्रतिस्पर्धा हुने भन्दै नेपालले जनताले प्रगतिशील विचारलाई साथ दिनुपर्ने बताए । ‘आउने चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ । प्रगतिशील भूमिका खेल्नेहरुलाई अवसर दिनुपर्छ भने प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ’ नेपालले भने ।

सो क्रममा नेता नेपालले समाजवादीको चुनाव चिह्न कलम सत्य र न्यायको प्रतीक रहेको उल्लेख गरे । ‘सत्य र न्यायको प्रतीकका रुपमा रहेको कलमले अबको चुनावमा कमाल गर्नुपर्छ । कलमको प्रचार र पार्टीको संगठन निर्माणमा हामी सक्रिय भएर लागौं’, उनले भने ।

सो क्रममा अध्यक्ष नेपालले क्षणिक स्वार्थका लागि सञ्चारमाध्यमहरुले सत्यको संप्रेषण गर्न छाड्न नहुने बताए ।


प्रतिक्रिया

One thought on “होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ)

  1. याे बेलामा मसी सकिएकाे तिम्राे कलमले के कमाल देखाउला ? शानदार 0 ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर